Sagun Khabar
बैतडीका कान्छा वडाध्यक्षको असल काम, सर्वोत्तम अङ्क ल्याउने विद्यार्थीलाई ५० हजार इनाम 

बैतडी- बैतडीको एक वडाले शैक्षिक गुणस्तर सुधार गर्न  विद्यार्थी सम्मान तथा प्रोत्साहन कार्यक्रम ल्याएको छ ।जिल्लाको  मेलौली  नगरपालिका  वडा नं  ८ ले खस्किदो  शैक्षिक गुणस्तर  सुधार गर्न  विद्यार्थी सम्मान तथा प्रोत्साहन कार्यक्रम ल्याएको  हो ।

 वडाका अध्यक्ष तपेन्द्र सिंह विष्टले यो कार्यक्रम आर्थिक वर्ष २०८०÷८१ को बजेटमा समावेश गरिएको बताए । जसअनुसार वडास्थित कमलपुर मावि र गंगेश्वर आविमा कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई उनीहरुको नतिजा अनुरुप नगदसहित सम्मान गरिनेछ ।

Atrya hospital

वडा अध्यक्ष विष्टले वार्षिक परीक्षामा सर्वोत्तम, अतिउत्तम, उत्तम र राम्रोलाई ग्रेड(नतिजा) अनुसार नगद तथा सम्मान गरिने बताए । अध्यक्षका अनुसार सर्वोत्तम अंक ल्याउनेलाई ५० हजार, अतिउत्तमलाई २५ हजार, उत्तमलाई  १० हजार, राम्रो ग्रेड ल्याउनेलाई ५ हजार नगद तथा सम्मान गरिने छ ।

मेलौली–८ मा नेकपा एमालेको तर्फबाट निर्वाचित विष्ट बैतडीका कान्छा वडाध्यक्ष समेत हुन्।  वडा अध्यक्षले लागु गरेको कार्यक्रमले  शैक्षिक गुणस्तरमा सुधार भएर  दक्षजनशक्ति उत्पादन हुने  अपेक्षा गरिएको  छ ।  

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update