Sagun Khabar
बैतडी दार्चुला एकता समाज गेटाको आयोजनामा वृक्षारोपण

बैतडी- बैतडी दार्चुला एकता समाज गेटाको आयोजनामा सरसफाइ तथा वृक्षारोपणको कार्यक्रम गरिएको छ।बैतडी दार्चुला एकता समाज गेटाको आयोजनामा विभिन्न सार्वजनिक स्थलहरुमा  शनिबार सरसफाइ तथा वृक्षारोपणको कार्यक्रम गरिएको हो  । 

सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा पर्वलाई लक्षित गरि बैतडी दार्चुला एकता समाज गेटाले सरस्वती स्कुल अगाडी रहेको मन्दिर र गोदावरी ५ वडा कार्यालय नजिकको ग्वासी समैजी मन्दिर वरिपरि शनिवार सरसफाइ तथा वृक्षारोपण कार्यक्रम गरेको हो ।

कार्यक्रममा गेटा युवा कल्बका युवा तथा अन्य स्थानियको उपस्थिती रहेको थियो । वृक्षारोपणमा बिचुवा रेन्ज्पोस्ट कञ्चनपुरबाट र गोदावरी एग्रो एन्ड म्यानेजमेन्ट प्रालीका सञ्चालक किरण शाहले बिरुवा र फूलहरुउपलब्ध गराएका थिए । दुवै मन्दिरमा गरेर १२० वटा बिरुवासहित फूल रोपिएका थिए।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update