Sagun Khabar
महाकालीमा हामफालेर बैतडीका युवक बेपत्ता

बैतडी- एक युवक महाकालीमा हामफालेर बेपत्ता भएका छन् । बैतडीको सुर्नया गाउँपालिका वडा नं ४ दिकथला घरभई हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ गजरौला बस्दै आएका २५ वर्षिय जनक राज भट्ट महाकाली नदीमा हामफालेर  बेपत्ता भएका हुन् ।

 कञ्चनपुरस्थित महाकाली नदीमा शनिवार राति हामफालेका जनकको  अवस्था अज्ञात रहेको आफन्त प्रकाश भट्टले बताए । उनका अनुसार जनक केहिदिन पहिले मात्रै भारत गएका थिए । नौकरी गर्न भारतको दिल्ली अजादपुर गएका उनि घर जान्छु भनेर नेपाल फर्किएका थिए । भारतबाट नेपाल फर्किएका उनि शनिबार बिहान महेनद्रनगर बजार पुगेका थिए । 

Atrya hospital

महेन्द्रनगर बजार पुगेका उनि भिमदत्त नगरपालिका बस्ने आमाको बहिनीको छोरा संगै एक होटेलमा नास्ता गरेर दोधरा घुम्न गएका बताइन्छ । घुम्न गएका उनले झोलुङ्गे पुलबाट एक्कासि हामफालेका आमाकी बहिनीका छोराले बयान दिएका छन् । उनकी आमाको बहिनीका छोरालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहको छ ।

जनकको  अवस्था अज्ञात छ । प्रहरीका अनुसार उनले के कारणले नदीमा हाम फाले भन्ने कुरा अहिलेसम्म खुलेको छैन।  खोजी कार्य जारी रहेको कञ्चनपुर प्रहरीले बताएको छ । 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update