Sagun Khabar
पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो  

बैतडी- बिहानै  देखि अवरुद्ध भएको  जयपृथ्वी राज मार्ग  खुलेको छ । शनिबार  बिहानदेखि पहिरोेले अवरुद्ध भएको बैतडी -बझाङ जोड्ने  राजमार्ग  अहिले  खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय  बैतडीका अनुसार ढोल्यामोडमा माथिबाट रुख सहितको पहिरो खसेर  बिहान देखि राजमार्ग अवरुद्ध थियो ।पहिरो पन्छाएपछि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रवक्त प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए ।

राजमार्ग खुलेसंगै रोकिएका सवारीसाधन आआफ्नो गन्तव्यतिर लागेका उनले  बताए ।  बैतडी –बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा बर्षातको समयमा जोखिम छ ।

यो राजमार्गको ठाउँठाउँमा खस्ने पहिरोले बेलाबेला सडक अवरुद्ध हुने भएकाले  यात्रुहरुलाई  सास्ती हुने गरेको  छ ।   

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update