बैतडी- बैतडीको सुर्नया २ ग्वानीमा पहिरोले क्षति गरेको छ । शनिबार बिहान देखिको लगातारको पानीले पत्तालभुमेश्वर गेट देखि केदारमन्दिर सम्मको कच्ची सडक भत्कीएर आएको पहिरोले कठेओखर र बान्नेमरमा क्षति गरेको स्थानीय हरिश विष्टले जानकारी दिए ।
पहिरोका कारण मकै लगाएका खेत बगाएको र सिचाईँ कुलो अवरुद्ध गरेको उनले बताए । यस्तै स्थानीय धिरबहादुर विष्टको जस्तापाताले छाएको छानोमा सामान्य क्षति पुगेको उनले बताए । सडक माथिबाट ढलेको रुख छानामा बजारिदा क्षति भएको उनको भनाई छ ।
सडक माथिबाट पहिरो खस्दा आवागमन समेत बन्द भएको बताइएको छ । पत्तालभुवेश्वर गेट देखि केदारमन्दिर सम्मको यो कच्ची सडकमा गाडी चल्दैनन् । गाडी नचल्ने सडकहरु वर्षादका कारण भत्कीन थालेपछि स्थानीयहरुलाई सास्ती भैरहेको छ । कच्ची सकड भत्कीर पहिरो आउन थालेपछि स्थानीयहरु डराएर बस्न बाध्य छन् ।




