Sagun Khabar
भारतको धौलीगंगा बाँध पुनः खोलियो, महाकाली किनारका नागरिकलाई सचेत रहन आग्रह 

बैतडी- भारतको धौलीगंगा बाँध पुनः खोलिएको छ । शनिवार बिहान ५ बजेदेखि बाँध  खोलिए हो ।बाँध खोलिएपछि  महाकाली नदीमा जलस्तर बढेको   छ । शनिवार बिहान ५ बजेदेखि बाँध  खोलिएको भन्दै   जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको छ।

बाँध  शनिवार बिहान ५ बजेदेखि खुलेको र  बेलुका ८ बजेसम्म खुला रहने जिल्ला प्रशासन कार्यालय  बैतडीले जनाएको  छ ।  भारतको उत्तराखण्डमा पर्ने धौलीगंगा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिने गरेको  छ ।

 बाँध खोलिएको समयमा महाकाली नदी किनारका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए। यसअघि असार २६ गते पनि परियोजनाको बाँध खोलिएको थियोे।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update