बैतडी- बैतडीका विष्टको उपचारका लागि संकलित रकम हस्तान्त्रण गरिएको छ । सुर्नया २ ग्वानी घरकट्टे बस्ने पीडित जित बहादुर विष्टको उपचारका लागि संकलित १० हजार रुपैँया शुक्रबार हस्तान्त्रण गरिएको हो ।
ग्वानी घर भइ हाल रोजगारिको सिलसिलामा भारतको हैदराबादमा रहेका समाजसेवि युवा बिनोद बहादुर विष्टले अभियान चलाएर अथिक संकलन गरेका थिए । प्रवासमा रहेका युवा विष्टले फेसबुक मार्फत विष्टको उपचारका लागि अभियान चलाएका छन् । उनले विभिन्न मनकारीबाट उठेको पैसा वडा नं २ का वडा अध्यक्ष गाणेश बहादुर विष्ट मार्फत सुर्नया २ ग्वानी घरकट्टे बस्ने पीडित जितलाई हस्तान्त्रण गराएका हुन् ।
वडा अध्यक्षले शुक्रबार घरमै गएर विष्टलाई सहयोग रकम दिएका छन् । यस्तै वडा अध्यक्षले विष्टको उपचारका लागि आफु पनि पहल चाल्ने बताएका छन् । वडा अध्यक्षले वडा पालिका तह बाट सहयोगका लागि पहल चालने बताए हुन् । एक दशक अगाडी भारतमा दुर्घटनामा परेर विष्ट गम्भीर भएका थिए । उनको दुर्घटनामा दायाँ खुट्टा भाँचिएको थियो र कम्बरमा पनी चोट लागेको थियो । कमाउन प्रदेश गएका उनी दुर्घटनामा परेर घाइते भएपछि उपचार गरेर त्यति बेला नेपाल फर्किएका थिए ।
भाँचिएको खुट्टामा रड हालेर उनि हिँडुल गर्न सक्थे तर अहिले एक वर्ष देखि उनि बिस्तारामा छन् । उनि खर्च अभावले उपचार गर्न नसक्दा करिब एक वर्ष देखि बिस्तारामा रहेका हुन् । उपचार गर्न खर्च अभावले विष्ट पीडा सहेर घरमै बसेका छन् ।
उपचारमा समस्या भएको भन्दै उनले सबैलाई सयोग गर्न पनि अनुरोध गरेका छन् । अहिले समाजसेवि युवा विष्टले प्रवासमा जितको जीवन रक्षाका लागि आर्थिक अभियान चलाएका छन् । उनले सक्दो सहयोगका लागि पनि सबैलाई अपिल गरेका छन् ।




