Sagun Khabar
काका संगै कमाउन भारत गएका बैतडीका डम्बर गाडी दुर्घटनामा अस्ताए !

बैतडी- बैतडीका एक जना युवकको भारतमा गाडी दुर्घटनामा परेर मृत्यु भएको  छ । जिल्लाको  सिगास गाउँपालिका वडा नं ४ बिशुनाका देबसिंह धामीका  २२ वर्षिय छोरा डम्बरसिंह धामीको भारतको बेंगलुर उटी भन्ने ठाउँमा गाडी दुर्घटनामा परेर मृत्यु भएको वडा नं ४ का वडा अध्यक्ष हरिश बोहराले  जानकारी दिए ।

उनका अनुसार डम्बर १२ दिन पहिले मात्रै आफनै काका संग बेंगलुर गएका थिए । बेंगलुर गएका उनि होटेलमा काम गर्थे । डिउटीबाट काकाको  क्वाटरमा जानेबेला उनलाई बिहीवार बिहान गाडीले ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भीर बनेका धामीको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको  आपन्त तिलकसिंह धामीले बताए । काका लगायत अन्य गाउँले दाजुभाई संगै पैँसा कमाउन विदेशिएका उनी अब कहिल्लै नफर्किने गरि यो संशारबाट बिदा भएका  छन् । डम्बर घरको एक्लो छोरा हुन् । उनको घरमा श्रीमती र एक छोरी छन् ।

 पैँसा कमाएर सुखि बनाउने सपना बाँडेर घरपरिवारबाट टाढिएका  डम्बर अब कहिल्लै नफर्किने गरि अस्ताएका  हुन् ।  कलिलै  उमेरमा डम्बरको मृत्यु  भएपछि घरपरिवार शोकमा डुबेको  छ ।   
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update