Sagun Khabar
बाघको छालासहित बैतडीका २ जना पक्राउ 

बैतडी- बाघको छालासहित बैतडीका २ जना पक्राउ  परेका छन् । कैलालीमा बाघको छालासहित उनिहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जिल्लाको  दोगडाकेदार गाउँपालिका–२ घर भएका ६५ वर्षीय देवसिंह बिष्ट र  पाटन नगरपालिका–८ बस्ने ३० वर्षीय हर्कबहादुर बिष्ट छन्। उनीहरुको साथबाट ६ फिट ११ इन्च लम्बाइ र २ फिट ४ इन्च चौडाइ भएको बाघको छाला बरामद भएको छ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीको संयुक्त टोलीले कैलालीको गोदावरी नगरपालिका–२ रिङरोडबाट उनिहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update