Sagun Khabar
रास्वपा मेलौलीले दियो केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई नमूना डस्टबिन

बैतडी - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेलौलीले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीलाई नमूना डस्टबिन दिएको छ ।  जिल्लाको मेलौली ७ मा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई रास्वपा मेलौली कमिटिले नमूना डस्टबिन दिएको हो  ।

बिहीबार स्वास्थ्य केन्द्रका ईन्चार्ज सञ्जिन केसीलाई रास्वपा डस्टबिन हस्तान्तरण गरिएको  रास्वपा मेलौली  नगर कमिटी सभापति अर्जुनदत्त भट्टले जानकारी दिए ।

प्रदुषणमुक्त बतावरण कायम गर्न  नमूना डस्टबिन वितरण गरिएको  उनले  बताए । मेलौलीमा रास्वपाले  विभिन्न सामाजिक कार्य गर्दै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update