Sagun Khabar
जङ्गली च्याउँ  खाँदा  बैतडीमा एकै घरका पाँच जना बिरामी 

बैतडी- बैतडीमा जङ्गली च्याउँ खाँदा  पाँच जना बिरामी परेका छन् । बिषालु च्याउँ खाँदा   जिल्लाको सुर्नया गाउँपालिका ३ तडीगाउँमा एकै घरका  पाँच  जना बिरामी परेका हुन् ।

बिरामी हुनेमा ३८ वर्षिय टेकराज भट्ट, ३० वर्षिया धैली  भट्ट,  १२ वर्षीय भुवन, १० वर्षीया शारदा र ८ वर्षीय डब्लु रहेका छन्। स्रोतका अनुसार उनिहरुले  बिहीवार  दिउंसो जङ्गबाट ल्याएको च्याउँ खाएका थिए । च्याउँ खाएर बिरामी परेका उनहिरुलाई वडाकै बाशुलिङ्ग स्वास्थ्यचौकी लगिएको  थियो ।

स्वास्थ्यचौकीमा  सामान्य उपचारपछि  पाँचै जनालाई  थप उपचारका लागि बिहीवार साँझ नै  डडेल्धुरा अस्पताल पठाइएको  बाशुलिङ्ग स्वास्थ्यचौकी इन्चार्ज दलबहादुर  विष्टले बताए ।  अहिले उनिहरुको डडेल्धुरा अस्पतलामा उपचार भैरहेको छ ।  अवस्था सामान्य रहेको  बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update