बैतडीमा अबैध क्लिनिक सिल , सञ्चालक प्रकाउ
बैतडी- बैतडीमा एक अबैध क्लिनिक सिल गरिएकोछ । जिल्लाको सिगास गाउँपालिका वडा नं २ गाँजरिमा मापदण्ड विपरीत सञ्चालनमा रहेको क्लिनिक सिल गरिएको हो । स्वास्थ्य कार्यालय बैतडीका अनुसार गाँजरिमा रहेको जै अनिरुद्र सिगास क्लिनिक सिल गरिएको हो ।
क्लिनिक दर्ता नगरेर अर्के व्यक्तिको लाइसेन्सबाट स्वास्थ्य विषय अध्यन नगरेको व्यक्तिले सञ्चालन गरेको पाइएपछि सिल गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय , स्वास्थ्य कार्यालय लगायतको संयुक्त टोलि अनुगमनमा जाँदा मापदण्ड विपरीत क्लिनिक सञ्चालन गरेको भेटिएपछि सिल गरिएको उनले बताए । अबैध क्लिनिक सञ्चालन गर्ने सञ्चालक खेमराज अवस्थीलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८० १९:२४
प्रतिक्रिया दिनुहोस्




