बैतडीको डिलासैनी आफ्नै निशान छाप,पालिका गान र नारा बनाउने तयारीमा
बैतडी- बैतडीको डिलासैनी गाउँपालिकाले आफ्नै निशान छाप,पालिका गान र नारा बनाउने भएको छ । गाउँपालिकाले एक सूचना जारी गरेर आफ्नै निशान छाप,पालिका गान र नारा बनाउने जनाएको हो ।
विशिष्ट, मौलीक पहिचान झल्कीने गरी पालिका गान, निशान छाप र नारा रचना गर्न लागिएको सूचनामा उल्लेख गरिएको छ । आफ्नै निशान छाप,पालिका गान र नारा बनाउने तयारी स्वरुप पालिकाले एक सूचना जारी गरेर योग्य कलाकाहरुमा मौलीक पहिचान झल्कीने खालको रचनाका लागि आह्वान गरेको छ ।
सूचना मार्फत पालिकाले योग्य कलाकारहरुलाई आ आफ्नो रचना र निशास छापको नमुना ३० दिन भित्र कार्यालयमा पुग्ने गरी पठाउन पर्ने अनुरोध गरेको छ । उत्कृष्ट रचनाकार तथा कलाकारलाई पुरस्कारको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८० १२:२६
प्रतिक्रिया दिनुहोस्




