Sagun Khabar
सार्वजनिक स्थानहरुमा वृक्षारोपण

बैतडी - राष्ट्रिय स्वतन्त्र पार्टी मेलौलीले सार्वजनिक स्थानहरुमा वृक्षारोपण गरेको छ।  बिहिवार वृक्षारोपण गरिएको  हो । 

विहिबार मेलौली नगरपालिका–७ स्थित मणिलेक मावि काँडा, मणिलेक बहुमुखी क्याम्पस र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीको परिसरमा वृक्षारोपण गरिएको रास्वपा नगर कमिटी सभापति अर्जुनदेव भट्टले जानकारी दिए ।

 वातावरणलाई  स्वच्छ र सुन्दर बनाउने उद्देश्यले वृक्षारोपण गरिएको उनले बताए। फलफूल लगायत बिभिन्न प्रजातिका बिरुवाहरु रोपिएका बताइएको  छ ।  

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update