Sagun Khabar
बैतडीमा सवारी दुर्घटनामा परेर  एक वर्षमा  १५ जनाको ज्यान गयो, ८४ जना घाइते !

बैतडी- एक वर्षको अवधिमा बैतडीमा १४ ओटा सवारी दुर्घटना भएका छन् । जिल्ला ट्राफिक कार्यालय बैतडीले दिएको तथ्याङ्क अनुसार गएको आर्थिक बर्ष २०७९÷८० मा १४ ओटा सवारी दुर्घटना भएका हुन् । 

विभिन्न समयमा भएका सवारी दुर्घटनामा परेर १५ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय  बैतडीका प्रमुख तेज बहादुर रावलले  जानकारी दिए । उनका अनुसार गत आर्थिक बर्षमा १० ओटा जिप, २ ओटा मोटरसाइकल, १ ट्याक्टर, र एक बस दुर्घटनामा परेका थिए । गएको आर्थिक बर्षमा सवारी दुर्घटनामा १३ पुरुष र २  महिला गरि  १५ जनाको  ज्यान गएको ट्राफिक प्रमुख रावलले बताए । 

Atrya hospital

यस्तै दुर्घटनामा परेर ८४  जना घाइते भएका उनले बताए । गम्भीर र समान्य गरेर ८४ जना  घाइते भएका उनले बताए । दुर्घटनामा परेर २५ पुरुष  र ३ महिला गम्भीर भएका छन्  भने ३६ महिला, १७ पुरुष र ३ बालिका सामान्य  घाइते भएका बताइएको छ ।

 पछिल्लो समय जिल्लामा  सवारी दुर्घटना बढ्दै गएको पाइएको छ ।  आर्थिक वर्ष  २०७८÷७९ मा १३ ओटा सवारी दुर्घटना भएका थिए । आर्थिक वर्ष २०७९÷८० मा  एकले  बढेर १४ पुगेको छ । सवारी दुर्घटना बढ्दै गएपनि ज्यान गुमाउनेको संख्या घटेको छ ।

आर्थिक बर्ष २०७८÷७९ मा १३ ओटा सवारी दुर्घटनामा परेर २४ जनाले  ज्यान गुमाएका थिए  भने गत आर्थिक वर्ष २०७९÷८० मा १५ जनाको ज्यान गएको छ । कच्ची सडक, ट्राफिक नियमको पालना नहुनु प्राविधिक समस्या लगायतका कारणले सवारी दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ ।

सवारी दुर्घटना कम गर्न  ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ पनि गरेको बताएको  छ । गत आर्थिक वर्षमा ट्राफिक प्रहरी कार्यालय  बैतडीले ३ हजार ९ सय ९ वटा सवारीसाधनलाई कारबाही गरेर २१ लाख २३ हजार ५ सय राजस्व  संकलन गरेको थियो  । 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update