Sagun Khabar
बैतडीको दोगडाकेदार ३ खिरेगाउँ बस्तिमा पुग्यो खानेपानी, स्थानीय हर्षित 

बैतडी- बैतडीको  दोगडाकेदार  गाउँपालिका  वडा नं ३ खिरेगाउँका बस्तिहरुमा खानेपानी पुगेको  छ । सुर्नया गाउँपालिका १ हटैराज खोलाको  खानेपानी दोगडाकेदार  ३   खिरेबस्तिमा पुगेको हो ।

सुदूरपश्चिम  प्रदेश सरकारको ५० लाख बजेटमा  जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडी मार्फत खानेपानी योजना निर्माण गरिएको पहलकर्ता  हरिदत्त भट्टले जानकारी दिए । सुर्नया १ हटैराज घट्टीगाडमा इन्टेक निर्माण गरेर  करिब साढे ७ किलोमिटरको दुरीबाट खिरेगाउँमा पानीको आपूर्ती गरिएको  उनले बताए ।

Atrya hospital

खिरेगाउँ कौशाडीमा२० हजार घनमिटर क्षमताको ट्याङ्की निर्माण गरेर अहिले खिरे गाउँबस्तिहरुमा पानी सप्लाई गरिएको उनको भनाई छ। गाउँमा खानेपानी पुगेपछि स्थानीयहरु खुसि भएका छन्।घरघरमा खानेपानी पुगेपछि स्थानीय नागरिकहरु खुसि भएका स्थानीय युवा मोहनसिंह विष्टले  बताए ।

लामो समय सरकारी सेवामा रहेर शिक्षा क्षेत्रमा योगदान पुर्याएका पहलकर्ता हरिदत्त भट्टको संघर्षबाट गाउँमा  खानेपानी  पुगेपछि   सबै नागरिकहरु हर्षित भएका उनले बताए । आर्थिक वर्ष  २०७७÷७८ सालबाट सुरु गरिएको खिरेगाउँ खानेपानी योजना अहिले  सम्पन्न हुने चरण पुगेको बताइएको  छ ।

खानेपानी योजना अन्तर्गत ४८ धारा निर्माण गरिएका छन् । अब पाइपलाइन व्यवस्थित पार्ने काम मात्रै  बाँकी रहेको बताइएको  छ ।  खानेपानीबाट सयौँ  जना लाभान्वित भएका छन्  । भिटा केदारका धामी प्रेम सिंह धामी र  भूमिराज देवताका धामी  चिन्तामणी  भट्टबाट  साउन १ गते  खानेपानी योजनाको  उद्घाटन गरिएको पहलकर्ता भट्टले  बताए ।

सनातन धर्म माविका पूर्व अध्यक्ष र श्रीकोट बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष समेत रहेका  खानेपानी योजनाका  पहलकर्ता भट्टले गाउँठाउँका समस्या समाधान गर्न अगामि दिनमा पनि   लागि पर्ने बताए ।  

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update