Sagun Khabar
धनगढीबाट बेपत्ता भएका बैतडीका किशोर भेटिए

बैतडी-  बैतडीका बेपत्ता किशोर  फेला परेका छन् । चार दिन देखि सम्पर्क विहिन रहेका  जिल्लाको पञ्चेश्वर  गाउँपालिका कुलाउ बस्ने  अर्जुन मङ्गोलाका १५ वर्षिय छोरा निरज ममङ्गोला कैलालीको गोदावरीमा फेला परेका आफन्त इश्वरी साउदले जानकारी दिइन्  ।

   धनगढी त्रिनगर फुपुको घर देखि कञ्चनपुरको पुर्नवास भिमबस्ति मामाको घर जाँदै गरेका  निरज असार ३० गते बाटोबाटै बेपत्ता भएका थिए ।

उनि मंगलबार दिउसंसो फेला परेका बताइएको छ ।  उनि चार दिन देखि सम्पर्क  विहिन थिए ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update