Sagun Khabar
अवरुद्ध दशरथचन्द राजमार्ग सुचारु

बैतडी- रुख   ढलेपछि  अवरुद्ध बैतडीको  दशरथचन्द राजमार्ग सुचारु भएको  छ । जिल्लाको  पाटन नगरपालिका  वडा नं  ६ स्थित मानिकाखानमा  सल्लाको  रुख बिच  सडकमा  ढलेपछि  अवरुद्ध  भएको राजमार्ग सुचारु भएको  हो ।

मंगलबार अप्राहन्न  ४ बजे देखि अवरुद्ध राजमार्ग ६ बजेदेखि सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय  पाटनले  जनाएको  छ । सडकमा ढलेको  रुख हटाएपछि  राजमार्ग खुलेको  हो  ।

राजमार्ग खुलेसंगै रोकिएका   सवारीसाधन आआफ्नो गनतव्य तर्फ  गएका छन् । 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update