सडकमा रुख ढल्दा बैतडीको दशरथचन्द राजमार्ग अवरुद्ध
गोविन्द पन्त - बैतडी- बैतडीको दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । जिल्लाको पाटन नगरपालिका वडा नं ६ स्थित मानिका खानमा सल्लाको रुख बिच सडकमा ढलेपछि राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग मंगलबार अप्राहन्न ४ बजे देखि अवरुद्ध रहेको यात्रुहरुले बताए ।
राजमार्ग अवरुद्ध हुँदा बैतडी दार्चुला बाट तराइ तर्फ गइरहेका र तराइ बाट आइरहेका छोटो तथा लामो दुरीका सवारीसाधन बिच बाटोमै रोकिएका छन् । अवरुद्ध राजमार्ग खुलाउने प्रायाश भैरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २, २०८० १७:३८
प्रतिक्रिया दिनुहोस्




