Sagun Khabar
महाकाली नदीमा जलसतह बढ्यो, सर्तकता अपनाउ आग्रह

बैतडी- महाकाली नदीमा पानीको बहाव बढेको छ । बैतडी, दार्चुला र डडेल्धुरा क्षेत्रमा बिहानैदेखि वर्षा हुँदा महाकाली नदीमा पानीको बहाव बढेको हो।

जिल्लाको परशुराम नगरपालिका–५ महाकाली नदी पारिगाउँ बाढीमापन केन्द्रमा मंगलबार मध्याह्न १२ बजेतिर पानी ५ मिटर ८० सेन्टिमिटर पुगेको जल तथा मौसम फिल्ड कार्यालय डडेल्धुराका प्रमुख श्याम सुनारले जानकारी दिए ।

महाकाली नदीमा जलसतह बढेको  भन्दै   जिल्ला प्रशासन कार्यालय बैतडीले  पनि  सबैलाई सचेत रहन आग्रह गरेको छ।   नदि किनारमा बस्नेहरुलाइ सर्तकता अपनाउन भनिएको  छ ।

  निरन्तर वर्षा भएसँगै महाकालीमा पानीको बहाव र सतह बढ्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउन स्थानीय प्रशासनहरुले  अनुरोध गरेका हुन् ।

साना खोला, डुबान भैरहने होचो ठाउँ तथा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र यात्रामा निस्कदा सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update