Sagun Khabar
बैतडीमा झण्डै४हजार सवारीसाधन माथि कारबाही, कति उठ्यो राजस्व?

बैतडी- बैतडीमा झण्डै ४ हजार सवारीसाधन कारबाहीमा परेका छन् । जिल्लामा  ट्राफिक नियम उल्लंघन गर्ने  ३ हजार ९ सय ९ वटा सावरीसाधन कारवाहीमा परेका हुन् ।

आर्थिक वर्ष २०७९÷८० मा ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ९ सय ९ वटा सावारीसाधनलाई कारबाही गरिएको  जिल्ला ट्राफिक कार्यालय बैतडीका प्रमुख तेज बहादुर रावलले जानकारी दिए ।

ट्राफिक नियमको उल्लङ्घन गर्ने  जिप, मोटरसाइकल, ट्याक्टर, टिप्पर, बस, ट्रक लगायतका सवारीसाधन कारबाहीमा परेका उनले बताए । सवारीसाधानहरु मध्ये पनि सबै  भन्दा बढी  जिप कारबाहीमा परेका बताइएको छ ।

 यस्तै कारबाहीमा परेका  सवारीसाधनबाट  २१ लाख २३ हजार ५ सय राजस्व संकलन गरिएको ट्राफिक कार्यालय बैतडीका प्रमुख रावलले बताए ।  क्षमता भन्दा बढी यात्रु बोक्ने, बिना हेलमेट मोटरसाइकल चलाउने, तीव्र गतिमा सवारी साधन हाँक्ने लगायतका ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा उनले  बताए ।

ट्राफिक नियम उल्लंघन गर्नेहरुबाट जरीवाना असुल गर्नुका साथै उनीहरुलाई ट्राफिक नियमका बारेमा सम्झाईबुझाई गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update