Sagun Khabar
बैतडीको पाटन बहुमुखी क्याम्पस प्रमुखमा भण्डारी नियुक्त

बैतडी- बैतडीको  पाटन बहुमुखी क्याम्पस  प्रमुखमा भण्डारी नियुक्त भएका छन् । जिल्लाको  पाटन नगरपालिका  वडा नं ६ स्थित पाटन बहुमुखी क्याम्पसको प्रमुखमा  बिनोदसिंह भण्डारी नियुक्त भएका हुन् ।

क्याम्पसका उपप्राध्यापक समेत रहेका भण्डारीलाई सुदूरपश्चिम विश्वविद्यालयको  उपकुलपति कार्यालयले नियुक्त गरेको हो।  

पाटन नगरपालिका  वडा नं  ६ नै  घरभएका भण्डारी विगत  १५ वर्ष देखि क्याम्पसमा अध्यापन गराउँदै आएका छन् ।  यसअघि पाटन बहुमुखी क्याम्पसमा  उत्तम भण्डारी  क्याम्पस प्रमुख थिए ।

पाटन बहुमुखी क्याम्पसमा अहिले २ सय७५ जना विद्यार्थी अध्यानरत रहेका बताइएको  छ । 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update