बैतडीको पाटन नगरपालिकाले हटायो कृषि तथा पशुपञ्छी निकासी कर
बैतडी- बैतडीको पाटन नगरपालिकाले कृषि तथा पशुपन्छी कर हटाएको छ । गत विगतबाट कृषि तथा पशुपन्छी निकासीमा तोकिएको कर हटाएको हो ।
नगर उपप्रमुख तथा राजस्व स्थानीय परार्मस समितिका संयोजक कमलसिह बोहरा अपीले आर्थिक ऐनको संशोधनसहित पारितका लागि पेश गरेका हुन् ।
उनले पेश गरेको आर्थिक ऐन संशोधन प्रस्ताव तेस्रो नगर सभामाबाट पारित भएको छ । कृषकहरुको गुनासो बढदै गएपछि कृषिजन्य उपजमा लगाउदै आएको निकासी कर हटाएको उपप्रमुख बोहराले बताए ।
अब २०८०÷०८१ साउन १ गतेबाट पाटन नगरपालिका ८ को अनारखोलीमा आलु लगायतका कृषि उपज र खसी,बोका र भैँसीमा समेत निकासी कर नलाग्ने पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८० १७:४४
प्रतिक्रिया दिनुहोस्




