Sagun Khabar
बैतडीको पाटन नगरपालिकाका उपप्रमुख बोहराले स्वकीय सचिवको सेवा सुविधा नलिने 

गोविन्द पन्त-  बैतडी - बैतडीको पाटन नगरपालिकाका नगर उपप्रमुख कमलसिंह बोहराले  स्वकीय  सचिवको सेवा सुविधा नलिने बताएका  छन् । एक पत्र जारी  गरेर  उनले  स्वकीय  सचिव बाफतको  सेवा सुविधा नलिने बताएका  हुन्  ।

शनिबार फेसबुक मार्फत उनले पत्र जारी गर्दै स्वकीय सचिव बाफतको सेवा सुविधा नलिने जनाएका  छन् ।  नगरपालिकाले कार्यविधि निर्माण गरेर उपप्रमुखलाई स्वकीय  सचिव दिने  निर्णय गरेपनि  आफुले अस्वीकार गरेको उनले बताए  ।

देशभर नै  आर्थिक मन्दी छाएकाबेला  स्वकीय सचिव राखेर  व्यभार थप्न आफुलाई उचित नलागेको  उप्रमुख बोहराले बताए । अब उपरान्त स्वकीय  सचिवको  सेवा सुविधा नलिने उनले बताए ।

 आर्थिक भार घटाउने  उदेश्यले स्वकीय सचिवको  सेवा सुविधा नलिने निर्णय गरेको  उनको भनाई छ । उनले गरेको घोषणा पछि जनस्तरबाट स्वागत योग्य काम भनेर प्रशंसा भैरहेको छ । उपप्रमुख बोहरा स्थानीयतहको  निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट चुनाव लडेर  निर्वाचित भएका थिए ।  

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update