Sagun Khabar
बैतडीमा स्थानीय सरकार सुतेपछि सडकको पहिरो पन्छाउन नागरिक जुटे 

बैतडी- बैतडीमा वर्षादका बेला ग्रामीण सडकहरु अवरुद्ध हुने  गरेका छन् । पहिरोले सकड अवरुद्ध हुने गरेका भएपनि  यहाँका स्थानीय सरकारले पन्छाउने काममा चासो दिने गरेका छैनन् ।

सडक   सञ्चालनमा   स्थानीय   सरकारले   चासो नदिएपछि   अहिले स्थानीय     नागरिकहरु आफै पहिरो पन्छाएर सडक सुचारु गर्न  थालेका छन् । जिल्लाको पाटन नगरपालिका १० का जनता एकजुट भएर सडकमा खसेको पहिरो हटाउन थालेका हुन् ।

Atrya hospital

स्थानीय सरकार तथा वडा कार्यालयले चासो  नदिएपछि आफै मिलेर  सडक सुचारुमा जुटेका  स्थानीय सुरेन्द्र महराले बताए । वडा नम्बर १० को केन्द्र हतासदेखी उकाली डैशीली जाने कृषि सडक पहिरोले अवरुद्ध थियो । लगातारको  वर्षादले  अवरुद्ध सडक खुलाउन स्थानीय निकाय तथा जनप्रतिनिधिबाट पहल  नभएको  स्थानीयहरुको  आरोप छ ।

 पहिरोले अवरुद्ध सडक सुचारु नभएपछि आफै सफाइमा जुटेका स्थानीय महराले बताए । उत्पादित तरकारी बारीमै कुहिन थालेकाले आफै सडक सुचारुमा लागेका स्थानीयहरुको  भनाई  छ । स्थानीय सरकारले जनताका   समस्याहरुलाई नजरअन्दाज गर्ने गरेको नागरिकहरुको आरोप छ । जिल्लाका अन्य  ठाउँमा पनि सडक अवरुद्ध छन् ।

अवरुद्ध सडक तत्काल  सुचारु गर्ने  तर्फ यहाँका जनप्रतिनिधिहरुमा चासो छैन् । जसका कारण नागरिकहरुले बेलाबखत  समस्या  झेल्दै  आएका छन् ।   

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update