बैतडी- बैतडीका विष्टको उपचारमा समस्या भएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं २ ग्वानी घरकट्टे बस्ने जित बहादुर विष्टको आर्थिक अभावले उपचारमा समस्या भएको हो । एक दशक अगाडी भारतमा दुर्घटनामा परेर विष्ट गम्भीर भएका थिए ।
उनको दुर्घटनामा दायाँ खुट्टा भाँचिएको थियो र कम्बरमा पनी चोट लागेको थियो । कमाउन प्रदेश गएका उनी दुर्घटनामा परेर घाइते भएपछि उपचार गरेर त्यति बेला नेपाल फर्किएका थिए । भाँचिएको खुट्टामा रड हालेर उनि हिँडुल गर्न सक्थे तर अहिले एक वर्ष देखि उनि बिस्तारामा छन् ।
खर्च अभावले उपचार गर्न नसक्दा करिब एक वर्ष देखि दाई बिस्तारामा रहेका उनका भाई गणेश विष्टले बताए । आर्थिक अभावले दाईको उपचार गर्न नसकेको उनले बताए । अहिले पीडा बल्झेर दाईलाई समस्या भएको उनले बताए ।
‘केहि वर्ष पहिले भारतमा काम गर्ने बेला दुर्घटना परेर दाईको खुट्टा भाँँचिएको हो,उतिबेला उपचार गेरर घर फर्किएका थिए, केहि वर्ष ठिकै जस्तो भयो, हिँडुल गर्न सक्थे, तर एक वर्ष देखि बिस्तारामै छन्, हिँडुल गर्न सक्दैनन, उनले भने ।’ उपचार गर्न खर्च अभावले विष्ट पीडा सहेर घरमै बसेका छन् । उमेरले ५२ पुगेका विष्टकी श्रीमति छैनन् ।
घरमा छोरा भएपनि उनि पनि बिरामी रहेका बताइन्छ । अहिले बृद्ध आमाले जितको स्याहार गरिहेकी छिन् । उपचार गर्न आफुहरु संग खर्च अभाव भएकाले दाईलाई अस्पताल लैजान नसकिएको भाइ गणेशको भनाई छ ।
उपचारमा समस्या भएको भन्दै उनले सबैलाई सयोग गर्न पनि अनुरोध गरेका छन् । अहिले ग्वानीका समाजसेवि युवा बिनोद बहादुर विष्टेल प्रवासमा जितको जीवन रक्षाका लागि आर्थिक संकलन अभियान समेत सञ्चालन गरेका छन् । विष्टलाई सहयोग गर्न ९८६४६३६९९९ सम्पर्क गर्न सकिने छ ।




