Sagun Khabar
बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते

डोटी- डोटीमा बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते भएका छन्। जिल्लाको शिखर नगरपालिका–१ कपल्लेखीमा बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते भएका हुन।

कुकुरको टोकाइबाट २८ वर्षीया मिना महारा, ३९ वर्षीया सीता भुल, १० वर्षीय आदेश विक र अन्य २ जना घाइते भएका छन्।  घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार गरिएको वडाअध्यक्ष दीपक बोगटीले बताए।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update