Sagun Khabar
हुलाक बचत बैंक बैतडीद्वारा राष्ट्रिय वाणिज्य बैंकलाई खाता हस्तान्तरण 

बैतडी –जिल्ला हुलाक कार्यालय बैतडीले हुलाक बचत बैंकका खाताहरु राष्ट्रिय वाणिज्य बैंकलाई हस्तान्तरण गरेको छ । 
नेपाल सरकारले यही असार १२ गते गरेको निर्णय अनुसार जिल्ला हुलाक कार्यालयले हुलाक बचत बैंकमा रहेका १ हजार ३१ खाताहरु राष्ट्रिय वाणिज्य बैंकलाई हस्तान्तरण गरेको हो । 

जिल्ला हुलाक कार्यालयका प्रमुख टिकासिंह रावलले राष्ट्रिय वाणिज्य बैंक बैतडीका प्रबन्धक दिपेन्द्र अवस्थीलाई खाता हस्तान्तरण गरेका हुन् । 

हुलाक बचत बैंकका ग्राहकहरुले अब राष्ट्रिय वाणिज्य बैंकबाट कारोबार गर्नुपर्ने रावलले बताए । देशभरका सबै हुलाक बचत बैंकहरुले राष्ट्रिय वाणिज्य बैंकहरुलाई खाता हस्तान्तरण गरेका हुन् । 
 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update