मेलौली नगरपालिका वडा नं ६ को नयाँ भवन निर्माण
बैतडी – बैतडीको मेलौली नगरपालिका वडा नं ६ को नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । भवन निर्माण कार्य सम्पन्न भएसंगै वडाका सेवा अब नयाँ भवनबाट प्रवाह हुने वडा अध्यक्ष तारादत्त भट्टले बताए ।
शुक्रबार एक कार्यक्रमकाबीच नवनिर्मित भवनको उद्दघाटन गरिएको वडा अध्यक्ष भट्टले बताए । भवन उद्दघाटन कार्यक्रममा मेलौली नगरपालिकाका नगर प्रमुख भीमबहादुर चन्दको समेत सहभागिता रहेको थियो ।
आर्थिक बर्ष २०७८ ÷७९ मा भवन निर्माणका लागि ६५ लाख बजेट विनियोजन गरिएको थियो । सोही रकमबाट वडा कार्यालयको भवन निर्माण कार्य सम्पन्न भएको वडा अध्यक्ष भट्टले बताए ।
भाडाको भवनबाट वडाका सेवा प्रवाह भइरहेकोमा अब आफ्नै भवन निर्माण भएपछि सहज हुने वडा कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८० १७:२०
प्रतिक्रिया दिनुहोस्




