Sagun Khabar
जिल्ला अस्पताल दार्चुलाको ओपीडी सेवा सञ्चालन गर्ने तयारी 
Atrya hospital

दार्चुला –जिल्ला अस्पतालले दार्चुलाले ओपीडी सेवा सञ्चालनको तयारी गरेको छ । कोरोनाका कारण बन्द रहेको ओपीडी सेवा सञ्चालनको तयारी भएको जिल्ला अस्पतालका डाक्टर आर्दश लिम्बुले जानकारी दिए ।

कोरोना भाईरसको संक्रमणदर केही कम भएकाले आउने आइतबारबाट सेवा सुचारु गर्ने तयारी भएको उनले बताए । गएको वैशाखदेखि बन्द भएको ओपीडी सेवा सञ्चालनको तयारी भएको हो ।   

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update