Sagun Khabar
बैतडीको पाटन -८ मा युवाक्लवद्वारा वृक्षा रोपण

बैतडी- बैतडीको पाटन नगरपालिका ८ का सामुदायिक विद्यालयहरुमा युवाक्लवले वृक्षा रोपण गरेको  छ । वडा नं ८ भित्रका सिद्धदिप आधारभूत विद्यालय जशुलेखाली र जनता मावि आरुबाटामा वृक्षारोपण गरिएको हो ।

वडामा गठित युवाक्लवका पदाधिकारीहरुले बिहीवार विद्यालय परिसरमा  वृक्षा रोपण गरेको क्वलवकी अध्यक्ष निर्मला विष्टले बताईन । जलाधार कार्यालय पाटनबाट प्राप्त बिरुवाहरू रोपण गरिएका उनले बताइन् ।

लप्सि, कोइरालका विरुवाका साथै फूलका वृक्षहरुपनि रोपण गरिएका बताइएको छ । गरिएको वृक्षारोपणले पहिरो रोकथाम गर्ने विश्वास  गरिएको छ ।

आगामी दिनहरुमा पनि समाजिक कामहरु गरिने युवाकल्वका पदाधिकारीहरुको भनाई छ । सबै वडाहरुका सार्वजनिक स्थानहरुमा युवाक्लवको पहल र सकिृयतामा अहिले वृक्षा रोपण कार्यक्रम भैरहेका पाटन नगरपालिकाका नगरस्रिय  युवा सञ्जालका अध्यक्ष  सञ्जु  भण्डारीले बताए  ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update