बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका घर बताउने सुस्त मनस्थितीका चार जना आमा–छोरा भौतारिँदै गाउँ–गाउँ पुग्न थालेका छन् । दोगडाकेदारको बिनसेरी घर बताउने गरेका उनीहरु खासै बोल्न सक्ने अवस्थामा नरहेको स्थानीय शिक्षक अम्बादत्त बडूले बताए ।
बैतडीको देहीमाण्डौं जान्छु भनि दशरथचन्द नगरपालिका १ लुइटामा पुगेका उनीहरुको बिषयमा थप जानकारी भने पाउन नसकिएको शिक्षक बडूले बताए ।
वृद्ध अवस्थाका आमा र किशोरावस्थाका तीन जना छोराहरु सुस्त मनस्थितीका जस्ता देखिएका उनले बताए । उनीहरुलाई गास, बास र कपासकै समस्या भएका कारण उनीहरु भौतारिएको हुन सक्ने स्थानीय युवा उमेश बडूले बताए । कुनै सहयोगी निकायले सहयोग गरेमा उनीहरुको उद्धार हुने उनले बताए ।
भौतारिएर गाउँमा पुगेका आमा–छोराहरुको नाम भने खुल्न सकेको छैन् । समस्यामा परेका उनीहरुलाई सहयोगका लागि समेत अपिल गरिएको छ । बर्खाको पानीमा भिज्दै उनीहरु साहरा खोजीरहेका बडूले बताए ।
कहिँकतैबाट सहयोग नपाएपछि उनीहरु गाउँगाउँ डुल्ने गरेको हुन सक्ने अनुमान समेत गरिएको छ ।




