Sagun Khabar
ट्रेड युनियन कांग्रेस बैतडीले स्थानीय प्रशासनमार्फत सरकारलाई ज्ञापन पत्र बुझायो 

बैतडी –नेपाल ट्रेड युनियन कांग्रेसले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । देशभरका स्थानीय प्रशासनमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत बैतडीबाट ज्ञापन पत्र बुझाएको नेपाल ट्रेड युनियन कांग्रेस बैतडीका अध्यक्ष वसन्तप्रकाश बिष्टले बताए । 

श्रमिकहरुको न्यूतम पारिश्रमिक २५ हजार कायम गराउनुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको बिष्टले बताए । बिहीबार बुझाएको ज्ञापन पत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य लागू गर्नुपर्ने, स्थानीय तहहरुमा श्रमिकको पञ्जीकरण गर्नुपर्ने, श्रम आयोग गठन गर्नुपर्ने, नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने लगायतका मागहरु राखिएका छन् । 
Gyapan1689236079.jpg

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update