बैतडी- सांस्कृतिक समाज नेपालको पहिलो अधिवेशन सपन्न भएको छ । मंगलबार अनाम नगर काठमाण्डौमा सांस्कृतिक समाज नेपालको पहिलो अधिवेशन सम्पन्न भएको हो ।
सम्पन्न प्रथम अधिवेशनबाट बैतडी घर भएका राष्ट्रिय कलाकार राम प्रशाद अवस्थी अध्यक्षमा चयन भएका छन् । यस्तै उपाध्यक्षमा महेश कुमार औजि,महासचिवमा अमृत खाती, सचिवमा बिपीन किरण,कोषाध्यक्षमा जमुना गौतम चयन भएका हुन् ।
यस्तै सदस्यमा पुर्णकला बिसी,सोभा थापा, दिपा रोकाया, हेमन्ता भट्टराई, आयुस्मा कार्की,रोजिक कुँवर , सुनिल नेपाली, सुजाता केसि र निरुता खत्री चयन भएका हुन् । यस्तै समितिको सल्लाहार समिति पनि गठन गरिएको छ । नन्दकृष्ण जोशीको संयोजकत्वमा सल्लाहाकार समिति चयन गरिएको हो ।
समितिको सदस्यमा यज्ञराज उपाध्याय, चन्द्र शार्मा, लोकेन्द्र साउद र पदम रोकाया रहेका छन् । सांस्कृतिक समाज नेपालले प्रथम अधिवेशन संगै परिचयात्मक तथा प्रमाण पत्र वितरण कार्यक्रम गरेको हो । पूर्व मन्त्री छबिलाल विश्कर्माको प्रमुख आतिथ्यतामा बुधबार राष्ट्रि नाच घर जमलमा भएको कार्यक्रममा कार्यसमिति र सल्लाहाकार समितिका पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गरिएको हो ।
मौलिक संस्कृति संरक्षण गर्ने उदेश्यले सांस्कृतिक समाज नेपाल गठन गरिएको अध्यक्ष अवस्थीले बताए । मौलिक संस्कृति संरक्षण गर्ने अभियान सुदूरपश्चिमबाट शुभारम्भ गरिने बताइएको छ । यस्तै भदौ ४ गते काठमाडौंमा मौलिक डेउडा संगीत साझको अयोजना समेत गरिएको अध्यक्ष अवस्थीले बताए ।
देशैभरका मौलिक संस्कृति जगेर्नार्थ सातवटै प्रदेशमा मौलिक संगीत साँझ आयोजना गरिने र त्यसको सुरुवात सुदूरपश्चिम डेउडा साँझबाट गर्ने उनले बताए । सुदूरपश्चिमको बैतडी सिगास काँडाशैनीमा जन्मिनुभएका राष्ट्रिय कलाकार रामप्रसाद अवस्थी राष्ट्रिय कलाकारका रूपमा आफ्नो पहिचान बनाउन सफल छन् । सानै देखि गीत संगीतमा रुचिराख्ने अवस्थीले २०५७ सालमा पहिलो एल्बम ‘रानी चणि’ बजारमा ल्याएर सांगीतिक क्षेत्रमा औपचारिक रुपमा पाइला टेकेका हुन् ।
अवस्थीले ‘मेरि इजा’, ‘रातो सलाम’ ‘सुदूरपश्चिम कलेजीमा’ ‘सुनै फल्ने देश’ ‘सुदूरकी मूल्याई’ ‘छमछम पाउजु’ ‘ढल्क्यो लाली जोबन’ सीमासम्बन्धी राष्ट्रिय गीत ‘अत्ति भयो’ ‘कालो बादल’ ‘जोई नभई नहुन्या’लगायत दर्जनौं गीत बजरामा ल्याइ सकेका छन् । लामो समय देखि गीत संगीत क्षेत्रमा रहेका अवस्थीले सांस्कृतिक समाज नेपालले थाल्ने अभियानबाट मौलिक संस्कृति संरक्षण हुने विश्वास गरेका छन् ।




