पहिरो कारण गोठलापानी–झुलाघाट सडक अवरुद्ध
बैतडी –सडकमाथिबाट खसेको पहिरोका कारण दशरथचन्द राजमार्ग अन्तर्गत गोठलापानी–झुलाघाट खण्ड अवरुद्ध भएको छ । सडकखण्डको धारीगाड भन्ने स्थानमा सडकमाथिबाट पहिरो खसेकाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा गोठलापानीबाट झुलाघाट जाने र झुलाघाटबाट छुट्ने सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । गएराति खसेको पहिरो पन्छ्याउने कार्य भइरहेको प्रहरी निरीक्षक जोशीले बताए ।
प्रकाशित मिति: बिहीबार, असार २८, २०८० ११:१९
प्रतिक्रिया दिनुहोस्




