Sagun Khabar
बैतडीमा आमा गुमाएका बालबालिकालाई रास्वपाले दियो पोशाक र शैक्षिक सामग्री

बैतडी- बैतडीमा आमा गुमाएका  बालबालिकाहरुलाई पोशाक र  शैक्षि सामग्री वितरण गरिएको  छ । जिल्लाको  मेलौली ७ बनालीका  आमा गुमाएका बालबालिकाहरुलाई सो सामग्री वितरण गरिएको  हो ।

 बुधबार विभिन्न सहयोगीहरुबा संकलित १०हजार ९ सय ५०  मुल्य  बराबरको रकमबाट पोशाक र शैक्षिक सामग्री वितरण गरिएको राष्ट्रिय  स्वतन्त्रपार्टी रास्वपाका मेलौली नगर सभापति अर्जुन दत्त भट्टले  जानकारी दिए  ।

यहि असार  १७ गते आँप टिम्पने क्रममा लडेर ज्यान गुमाएकी कमला चन्दकका दुई छोरा एक छोरी  छन् । कमलाका छोरा कक्षा ८ मा  अध्यानरत रहेका  र ४ वर्षिया छोरी छिन् । केहि राहत होस  भने पोशाक र शैक्षिक साग्री वितरण गरिएको  सभापति   भट्टले  बताए । यय अघि रास्वपा  मेलौली  नगर कमिटिले वडा नां  ४ मा  मुटु  पीडितलाई  पनि आर्थिक सहयोग गरेको  थियो । 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update