Sagun Khabar
रास्वपाको पहलमा बैतडीकी मुटु रोग पीडित मिनालाई आर्थिक सहयोग 

बैतडी- बैतडीमा  मुटुपीडितलाई आर्थिक सहयोग गरिएको छ । जिल्लाको मेलौली नगरपालिका ४ की मुटु  रोगबाट पीडित मिना ठगुन्नाको उपचारका लागि रास्वपा मेलौली  नगरकमिटिको पहलमा आर्थिक सहयोग गरिएको  हो ।

स्थानीय व्यापारी, समाजसेवी, शिक्षक कर्मचारी र  रास्वपामा आबद्ध नेता कार्यकर्ताहरुबाट संकलित  ५हजार ९५० रुपैँया पीडित ठगुन्नालाई सहयोग हस्तान्त्रण गरिएको हो । ठगुन्ना मुटुरोग तथा कन्भर्जन डिसअर्डर समस्याबाट पीडित रहेकी बताइएको छ ।

रास्वपा नगर कमिटि र आरएटीको पहलिमा  रकम संकलन गरि हस्तान्त्रण गरिएकोे रास्वपा मेलौली नगर सभापति अर्जुन दत्त भट्टले बताए । रास्वपाले समस्यामा परेकाहरुको सहयोगका लागि आरएटी टोली पनि गठन गरेको उनले बताए ।  मिनाको उपचारमा समस्या भएको  भन्दै सभापति भट्टले सबैलाई सहयोग गर्न  अनुरोध गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update