Sagun Khabar
देहिमाण्डौमा तार टुट्दा बैतडीमा विद्युत सेवा अवरुद्ध 

बैतडी- बैतडीमा विद्युत सेवा अवरुद्ध भएको छ । जिल्लाको  दशरथचन्द नगरपालिका २ देहिमाण्डौमा मेनलाइनको  तार टुेटेपछि बिहान साढे  ८ बजे देखि विद्युत सेवा अवरुद्ध भएको  हो ।

 मेनलाईनको  तार टुटेकाले  विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीका प्राविधिक पदम पेलाले बताए । ‘देहिमाण्डौमा मेनलाइनको  तार टुटेको  छ, जोड्नका  लागि प्राविधिक टोलि गैसकेको र, पानी परिरहेकाले तार जोड्न  समस्या भैरहेकोे छ, सेवा सुचारु हुन समय लाग्छ, उनले भने।,सेवा सुचारु हुन समय लाग्ने उनले  बताए ।

 पानी परिरहेकाले तार  जोड्न  समस्या भएको र  विद्युत सेवा सुचारु हुन केहि समय लाग्ने प्राविधिक पेलाले बताए । तार टुेपछि सदरमुकाम बाँहेक अन्य  ठाउँमा बिजुली छैन् । विद्युत सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा परेका छन् । 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update