Sagun Khabar
बैतडीको सुर्नयाले खरीद गर्यो आफ्नै जेसीबी 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले जेसीबी खरीद गरेको छ । गाउँपालिकाले ५१ लाख ५० हजारमा जेसीबी खरीद गरेको गाउँपालिकाका इन्जिनियर कपिलदेव भट्टले बताए । 

गाउँपालिकाले सडक निर्माण, मर्मत सम्भार र पालिकाका अन्य आवश्यक कामहरुमा प्रयोग गर्ने प्रयोजनका लागि जेसीबी खरीद गरेको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । 

चालु आर्थिक बर्षको बजेटबाट गाउँपालिकाले जेसीबी खरीद गरेको हो । जेसीबी खरीद गरेपछि पालिका अन्तर्गतका सडक अवरुद्ध भएमा सुचारु गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update