Sagun Khabar
बैतडीको गोकुलेश्वर कृषि क्याम्पसलाई आंगिक बनाउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र

बैतडी- बैतडीको  एक क्याम्पसलाई सरकारी विश्वविद्यालयको आंगिक बनाउन माग गर्दै प्रधानमन्त्रीलाई  ज्ञापन पत्र बुझाइएको  छ । जिल्लाको  डिलाशैनीमा रहेको गोकुलेश्वर कृषि तथा पशु विज्ञान क्याम्पसलाई सरकारी विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन माग गर्दै  प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डलाई  आइतबार ज्ञापन पत्र बुझाइएको  हो ।

 गोकुलेश्वर कृषि तथा पशु विज्ञान क्याम्पसलाई सरकारी विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन माग अघि सारिएको हो । गोकुलेश्वर कृषि तथा पशु विज्ञान क्याम्पस संचालक समितिले आइतबार काठमाण्डौँमा प्रधानमन्त्री पृुष्पकमल दाहाल(प्रचण्ड)लाई भेटेरै ज्ञापन पत्र बुझाएको विद्यार्थी  नेता तिकल मालले बताए ।

 त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त उक्त क्याम्पसमा प्राविधिक शिक्षा भएकाले सरकारले उक्त क्याम्पसलाई आंगिक बनाएर गाँउमै उच्च शिक्षाको सुविधा दिलाउनुपर्ने अभिभावकको माग अनुरुप संचालक समितिले त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेरै ज्ञापन पत्र बुझाएका उनले  बताए ।

 गोकुलेश्वर कृषि तथा पशु विज्ञान क्याम्पस प्रमुख प्रमानन्द जोशीले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र हस्तान्तरण गरेका हुन् । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डलले  शैक्षिक सम्भाव्यता अध्ययन गरेर सरकारले जनताको माग  अनुरुप अघि बढ्ने आश्वासन दिएका बताइएको  छ ।  ।  ज्ञापन पत्र बुझाउने कार्यक्रममा बैतडीका पुर्व सांसद एवं माओवादी नेतृ रेनु चन्द,  राष्ट्रिय सभा सदस्य समेत रहेका नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरि चौधरीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update