Sagun Khabar
चन्द्रमासअनुसार आजदेखि साउने सोमवारको व्रत सुरु
Atrya hospital

बैतडी –चन्द्रमासअनुसार पहिलो साउने सोमवारको व्रत आजदेखि सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चन्द्रमासअनुसार दुईवटा सोमवारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ ।

समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमवार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताए । 

साउनको सोमवार शिवालयहरुमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ । बैतडीका विभिन्न स्थानमा रहेका मन्दिरहरुमा साउनको महिनाभरी दर्शन गर्नेको भीड लाग्ने गर्दछ । जिल्लाका सिगासधुरा, रौलाकेदार, ग्वाल्लेक केदार, महारुद्र, शिवनाथ, दोगडाकेदार लगायतका धाममा साउनको महिना भक्तजनहरुको भीड लाग्ने गरेको स्थानीयबासिन्दाहरुले बताएका छन् । 
 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update