Sagun Khabar
बैतडी सहित ६ पहाडी जिल्लामा किन भयो  विद्युत सेवा अवरुद्ध ?

बैतडी- बैतडी सहित सुदूरपश्चिमका ६ पहाडी जिल्लामा विद्युत सेवा अवरुद्व भएको छ । आइतबार  बिहानबाट  दार्चुला बाहेक सुदूरपश्चिमका ६ जिल्लाको विद्युत सेवा अवरुद्ध भएको हो ।

डोटीको रुवसकाँडामा १ सय ३२ केभि प्रशारण लाइनको तार टुटेपछि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीका प्रमुख पवन भट्टले  बताए । अत्तरियादेखि स्याउले सव स्टेशन जोड्ने ट्रान्समिसन लाइनको रुवसकाँडास्थित टावरको एउटा तार टुटेको र बनाउन समय लाग्ने  बताइएको  छ ।

अत्तरियाबाट टोली रुवसकाँडा आइसकेको  बताइएको  छ । विद्युत सेवा सञ्चालन गर्न केही समय लाग्ने स्रोतले  बताएको  छ ।  विद्युत सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा परेका छन् । 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update