Sagun Khabar
विषालु च्याउ खाँदा डोटीका ११ जना बिरामी

डोटी-डोटीका ११ जना विषालु च्याउ खाँदा बिरामी परेका छन्। जिल्लाको दीपायल–सिलगढी नगरपालिका वडा नम्बर ५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाएर बिरामी परेका हुन्।

उनीहरुको डडेल्धुरा अस्पताल अस्पतालमा उपचार हुँदैछ। आइतवार राति उनीहरुलाई डडेल्धुरा ल्याइएको हो। डोटी प्रहरीका अनुसार १८ वर्षिय अनमोल दुरा, आशु बोगटी, ६० वर्षीया गंगा दुरा, १४ वर्षीया एलिजा दुरा, १० वर्षीया मीना बोगटी, सुनिल खड्का, शकुन्तला खड्का, निशा बोगटी र वर्मा देवल विषालु च्याउ खाएर बिरामी परेका हुन्।  

आइतवा बिहान अस्पताल पठाइएका दुई जनाको परिचय नखुलेको  बताइएको छ। 

 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ०९:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update