Sagun Khabar
बैतडीको सतबाँझमा रहेको गेट किन बन्न थाल्यो छोटो समयमै जीर्ण ?

बैतडी- बैतडीको सतबाँझ -श्रीभावर सडकखण्डमा निर्माण गरिएको प्रवेशद्वार जीर्ण बन्न थालेको छ । प्रदेश सरकारको बजेटबाट ४ वर्ष पहिले  सतबाँझमा निर्माण गरिएको प्रवेशद्वार अहिले जीर्ण बन्न थालेको हो ।अहिले सो प्रवेशद्वारमा प्रयोग भएको सिमेन्ट झर्न थालेको छ ।

सुर्नया गाउँपालिका २ स्थित सतबाँझ- श्रीभावर सडकखण्डमा निर्माण गरिएको यो प्रवेशद्वारमा प्रयोग भएको सिमेन्ट झरेर अहिले सरिया देखिएका छन् । निर्माण भएको छोटो समयमै प्रवेशद्वारमा प्रयोग भएको सिमेन्ट झर्न थालेको स्थानीयहरुले बताए । समयमा मर्मत नगरिए गेट भत्कीने खतरा समेत बढेको छ ।

गाडीमा सरिया लैजाने भएकाले सरिया लागेर गेटमा प्रयोग भएको  सिमेन्ट निक्लेको सतबाँझका व्यापारी भान बहादुर  चन्दले बताए । मर्मतका लागि निर्माण कम्पनिलाई आग्रह समेत गरिएको  उनले बताए । सतबाँझ बजारको  सुर्नया रोडमा रहेको यो  प्रवेशद्वार ४ लाखको  लागतमा निर्माण भएको  बताइन्छ । 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update