Sagun Khabar
महाकाली  नदीमा जलस्तर बढ्ने सम्भावना, सर्तकता अपनाउन प्रशासनको आग्रह

बैतडी- जिल्ला प्रशासन कार्यालय  बैतडीले महाकाली  नदीमा जलस्तर बढ्ने  भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गरेर  प्रशासनले सर्तकता अपनाउन आग्रह गरेको हो ।

लगातारको वर्षाका कारण महाकाली  नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदि किनारका नागरिकहरुलाई  सचेत रहन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकर बहादुर  बोहराले  बताए ।

वर्षादका कारण भारत स्थित तपोवन धार्चुलाको धौलिगंगा जलविद्युत परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएको  बताइएको  छ । पानीको  प्रवाह वृद्धि हुँदै  गएकाले बाँधको  ढोका खोलिने  धौलिगंगा पावर स्टेशन धार्चुलाबाट जानकारी प्राप्त भएकाले सर्तकता अपनाउ बैतडीबासीलाई  सूचना मार्फत आग्रह गरिएको  सूचना अधिकारी  बोहराले बताए  ।

महाकाली  नदीमा जलस्तर बढ्ने  सम्भावना उच्च रहेकाले  नदी किनार नजान  तथा वारपार नगर्न  भनिएको  छ । 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update