Sagun Khabar
बैतडीको सतबाँझमा क्यामेरा लगाएकै दिन सरिया गायब गर्ने गिरोहको लागेन पत्ता

बैतडी- बैतडीको सतबाँझमा क्यामेरा लगाएकै दिन सरिया गायब गर्ने गिरोहको पत्ता लागेको  छैन् । जिल्लाको सुर्नया गाउँपालिका  वडा नं २ स्थित सतबाँझ बजारमा रहेको  बाशुलिङ्ग ट्रेर्डस एण्ड सप्लार्यसबाट सरिया चोरी गर्ने  गिरोहअझै पत्ता नलागेको  हो ।

गत जेठ ३२ गते  बिहीवार पसल अगाडीबाट सरिया गायब भएका थिए । चोरी गर्ने  गिरोहको  पत्ता नलागेको सत्तबाँझ प्रहरीले जनाएको छ । पसल अगाडी राखेका एक बण्डल सरिया  राती गायब भएका थिए । सोही दिन दिउँसो  सतबाँझ बजारमा सिसीटिभी क्यामेरा जडान गरिएका थिए । दिउंसो सिसी क्यामेरा जडान गरिएकोमा राति सरिया चोरी भएका थिए।

 जेठ १० गते पनि एक बण्डल सरिया चोरी भएका थिए । सरिया चोरी भएपछि व्यवसायि हरिश पाण्डेले  प्रहरीमा  निवेदन दिएका थिए । चोरी गर्ने गिरोहको खोजि भैरहेपनि पत्ता नलागेको प्रहरीको  भनाई  छ ।  चोरी गर्ने गिरोह प्रहरी फन्दामा नपर्दा चोरीका घट्ना बढ्ने भन्दै अन्य व्यवसायि डराएका छन् ।  

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update