बैतडीको पुर्चौँडीमा १२ हजार बर्खेफलफूलका विरुवा वितरण
बैतडी- बैतडीको पुर्चौँडी नगरपालिकामा बर्खेफलफूलका विरुवा वितरण गरिएका छन् । किसानहरुलाई १२ हजार बर्खेफलफूलका विरुवा वितरण गरिएका हुन् ।
चालु आर्थिक वर्षको कृषि विकास कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका किसानहरुलाई १२ हजार फलफूलका विरुवा वितरण गरिएको पुर्चौँडी नगरपालिकाका कृषि शाखा प्रमुख उत्तम बहादुर विष्टले बताए ।
उनका अनुसार किसानहरुलाई आँप, सुन्तला, मौसम,कागती ,सुनकागतीका बोटहरु वितरण गरिएका छन् । कृषि क्षेत्रको विकास गरि नागरिकहरुको आर्यआजर्नमा वृद्धि गर्ने उदेश्यले निःशुल्क विरुवा वितरण गरिएको कृषि शाखा प्रमुख विष्टले बताए ।
निःशुल्क वितरण गरिएका फलफूलका विरुवाले कृषि क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २१, २०८० १४:१३
प्रतिक्रिया दिनुहोस्




