दोहोरो नागरिकता बनाउने बैतडीका दुई जना पक्राउ
बैतडी-दोहोरो नागरिकता बनाउँदा बैतडीका दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ की ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भिर चन्द रहेका छन्।
उनीहरु कञ्चनपुरबाट पक्राउ परेका हुन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गत वैशाख २८ गते दोहोरो नागरिकता सम्बन्धि उनीहरू विरुद्ध जाहेरी दर्ता भएको थियो ।
प्रहरीको अनुसन्धान पछि उनीहरुले दोहोरो नागरिकता लिएको खुलेको हो । उनीहरु विरुद्ध थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २१, २०८० ०८:१७
प्रतिक्रिया दिनुहोस्




