Sagun Khabar
सुदूरपश्चिम प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना

बैतडी- सुदूरपश्चिम प्रदेशमा आज ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । दिउँसो वा बेलुकीपख  सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्हरुले बताएका हुन् ।

ठूलो पानी पर्ने भन्दै मौसमविद् गोविन्द झाले  सतर्कता अपनाउन  आग्रह गरेका छन् । उहाँका अनुसार देशका अन्य ठाउँमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।

अहिले कोशी, गण्डकी, बाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । काठमाण्डौलगायत आसपासका क्षेत्रमा घाम लागेको छ । तर, अहिले घाम लागे पनि फेरि बदली भइ दिउँसो पछि पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताए   ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update