बैतडीको सुर्नयाका स्वास्थ्यसंस्थाहरुलाई आरआरटी किट वितरण
बैतडी- बैतडीको सुर्नया गाउँपालिकाका स्वास्थ्यसंस्थाहरुलाई आरआरटी किट वितरण गरिएको छ । पालिकाका ११ ओटा स्वास्थ्यसंस्थाहरुलाई विपत् व्यवस्थापनको लागि आरआरटी किट वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह महराले जानकारी दिए ।
बुधबार स्वास्थ्यचौकीका इन्चार्जहरुहरुलाई किट बक्स हस्तान्त्रण गरिएको उनले बताए । विपद्का बेला आपत्कालिन रुपमा उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्रीहरु वितरण गरिएका उनले बताए ।
प्राथमिक उपचारमा प्रयोग हुने औषधि उपकरण सहितको आरआरटी किट बक्स वितरण गरिएको स्वास्थ्य संयोजक महराले बताए । यसबाट विपद्का बेला उपचारका लागि सहज हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: बुधबार, असार २०, २०८० १३:१०
प्रतिक्रिया दिनुहोस्




